Simsaar Media

Saimsaar media events

किताबी ज्ञानसँगै जीवनोपयोगी सीप सिक्दै न्यु स्टारका विद्यार्थी

घोडाघोडी । बुक फ्री डे (Book Free Day) को अवसरमा श्री न्यु स्टार इङ्ग्लिश बोर्डिङ स्कुलले विभिन्न अतिरिक्त तथा जीवनोपयोगी सीपसम्बन्धी क्रियाकलाप सम्पन्न गरेको छ। शुक्रबार विशेष कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई व्यवहारिक ज्ञान तथा सीप प्रदान गरिएको विद्यालयका प्रिन्सिपल पीआर भण्डारीले बताए।कार्यक्रममा मोबाइलको अत्यधिक प्रयोगबाट बालबालिकामा पर्न सक्ने नकारात्मक असरबारे सडक नाटक प्रस्तुत गरिएको थियो। जीवनोपयोगी सीपअन्तर्गत कपडामा आइरन लगाउने, च्यातिएको कपडा सिलाउने, कपडा धुने, खाना पकाउने तथा संगीत सिक्नेलगायतका क्रियाकलापमा विद्यार्थी सहभागी भएका थिए। कार्यक्रममा इलाका प्रहरी कार्यालय सुखडका डिएसपी प्रसन्नराज चौधरीले विद्यार्थीलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षणसमेत दिएका थिए।प्रिन्सिपल भण्डारीले विद्यालय किताबी ज्ञानमा मात्र सीमित नभई जीवनोपयोगी सीप र असल संस्कार प्रदान गर्ने उत्कृष्ट गन्तव्यका रूपमा अघि बढिरहेको बताए। उनले विद्यार्थीलाई अनुशासनको पालना गर्नुका साथै आफूले खाने खाना र लगाउने कपडा स्वस्थ तथा सफा राख्नुपर्नेमा जोड दिए।बुक फ्री डेका अवसरमा आयोजित कार्यक्रमले विद्यार्थीमा अनुशासन, सरसफाइ तथा जीवनोपयोगी सीपको विकाससँगै मोबाइललगायत प्रविधिको अत्यधिक प्रयोगबाट हुने नकारात्मक असरबारे सचेतना बढाउन सहयोग पुग्ने विश्वास लिइएको प्रिन्सिपल भण्डारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *