Simsaar Media

Saimsaar media events

स्थानीयको सक्रिय सहभागीमा आम्फाटा गाउँमा सरसफाइ अभियान सम्पन्न

कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ८ आम्फाटामा सरसफाइ अभियान सम्पन्न भएको छ। “आफ्नो गाउँ आफै बनाउ” भन्ने उद्देश्यका साथ सम्पन्न भएको अभियानमा आम्फाटा गाउँ भित्र लगभग ५ किलोमिटर बाटोमा रहेको झाडी सरसफाई गरिएको भलमन्सा लौटन चौधरीले जनाएका छन।

भलमन्सा लौटन चौधरीको नेतृत्वमा सम्पन्न भएको सरसफाई अभियानमा आठै ओटा टोलका स्थानीयहरुले सरसफाइमा लागेका थिए भने, टोल भलमन्साहरुले आ-आफ्नो टोलमा अगुवाई गरेका थिए।वर्षा याममा पलाएको झाडीले गर्दा बोट बिरुवाहरु ठुलो भइ बिजुलीको तार सम्म छुने भएकोले बिद्युत चुहावत लगायत सडक दुर्घटना हुने सम्भावना बाढी भएकोले उक्त घटनाहरु न्युनिकारण गर्नको लागि सरसफाई गरेको बताइएको छ। यसरी गाउँ समाजले एक आफसमा मिलेर सडक छेउछाउमा भएको झाडी सरफ़ाइ गर्दा सडक चिटिक्क देखिनु र आपसी सद्भाव सम्बन्ध मजबुत हुने र छिमेकी गाउँहरुले पनि राम्रो कामको देखासिकी गर्ने पनि बताइएको छ।

भलमन्सा लौटन चौधरीले थारु समुदायमा बेगारी (श्रामदन) पुस्तौ देखि चलि आएको प्रथा अझै सम्म जिवितै रहेको बताएका छन। उनले खोज्नी बोज्नी कार्यक्रममा बिभिन्न नीति नियम तथा कार्यहरु संगै सरसफाइ अभियान बार्षिक कार्य योजनाको रुपमा कार्यन्वयन गर्दै आएको आएको पनि बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *