Simsaar Media

Saimsaar media events

काँग्रेसको १५औँ महाधिवेशन : कैलाली–३ मा दिपक बोहराको उम्मेदवारी घोषणा

घोडाघोडी। नेपाली काँग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा कैलाली क्षेत्र नं. ३ मा महाधिवेशन प्रतिनिधि चयनका लागि आन्तरिक राजनीतिक गतिविधि तीव्र बनेको छ।यसैक्रममा घोडाघोडी नगरपालिका–३ का दिपक बोहराले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बोहराको उम्मेदवारीसँगै क्षेत्र नं. ३ मा युवा नेतृत्व र नयाँ पुस्ताको प्रतिनिधित्वको विषयसमेत चर्चामा आउन थालेको छ।

महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय अधिवेशन असोज १० गते हुने कार्यतालिका रहेको छ। क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुने भएकाले उम्मेदवारहरूले आफ्नो पक्षमा समर्थन जुटाउन आन्तरिक भेटघाट, छलफल तथा कार्यकर्ता संवादलाई तीव्रता दिएका छन्।

युवा पुस्ताको सक्रिय सहभागिता र नेतृत्वमा नयाँ पुस्ताको प्रतिनिधित्वलाई प्राथमिकतामा राख्ने बहस भइरहेका बेला बोहराको उम्मेदवारीलाई पनि सोही सन्दर्भमा हेरिएको छ। यद्यपि, अन्तिम निर्णय भने क्षेत्रीय अधिवेशनबाट हुने महाधिवेशन प्रतिनिधि चयनको परिणामले निर्धारण गर्नेछ।नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने कार्यतालिका रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *