कैलालीको भजनी नगरपालिका वडा नं. ६ स्थित महादेउलली गाउँमा बरघर सौगात राज खत्रीको नेतृत्वमा भजनी जोशीपुर सडक खण्डमा रहेको खाल्डाहरु पुरिएको छ। बरघर खत्रीले गाउँ समाजको कोषबाट केहि ट्रली टुक्रा इटा खरिद गरी आफ्नो क्षेत्र भित्र पर्ने सडकका खाल्डा खुल्दी पुरिएको बताए।

वर्षा याममा सडकमा खाल्डाखुल्दी पर्दा यात्रीहरुलाई यात्रा गर्न कठिन भएको हुदा गाउँ समाज मिलि सडक मर्मत अभियान संचालन गरेको उनले बताए। सडक मर्मत गर्न टुक्रा इटा दुवानीको लागि बनदेवी सामुदायिक वन लगायत गाउँका बिभिन्न व्यक्तिले सहयोग स्वरुप ट्रयाक्टर उपलब्ध गराउँदा उक्त कार्यमा सहज भएको उनले बताए। उनले सडक मर्मतको लागि सम्बन्धित वडा तथा नगरपालिकाबाट सहयोगको लागि पटक पटक पहल गर्दा स्थानीय सरकारले ध्यान नदिएको भन्दै दुख व्यक्त गरेका छन।










Leave a Reply